२०८२ भदौ २९, आइतवार , ११:०९:५१ बजे

Sajhamanch
'

गएराति झापा र बर्दिया आसपासका क्षेत्रमा ठूलो वर्षा : सतर्कता अपनाउन आग्रह

आइतवार, भदौ २९, २०८२

काठमाडौ । गएराति पूर्वको झापा र पश्चिमको बर्दिया आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । देशका अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । झापा र बर्दिया आसपासका क्षेत्रमा ठूलो पानी परेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै १०२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै दमकमा ३१ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै बर्दियाको रानीजरुवा वर्षामापन केन्द्रमा ६० मिलिमिटर वर्षा मापन गरिएको छ । ठूलो पानी परेका क्षेत्रमा बाढी र डुवानको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर