२०८२ भदौ २९, आइतवार , ११:०९:४८ बजे

Sajhamanch
'

प्रतिनिधि सभाको चुनावका लागि आवश्यक सहयोग गर्न राष्ट्रपतिको अपिल

आइतवार, भदौ २९, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षसँग सहयोगका लागि अपिल गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले अपिलमा बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै नागरिकलाई रिझाउने र आफैंमा सम्हालिँदै तोकिएको मितिमा चुनाव सम्पन्न गराउन सबै पक्षसँग सहयोगको आग्रह गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले वक्तव्यमा भन्नुभएको छ, ‘देशको अत्यन्त असहज परिस्थितिमा कठिन प्रयत्न पश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । छ महिनाभित्र प्रतिनिधिसभाको चुनाव सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न नागरिकले अवसर पाएका छन् ।’

भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अस्ति शुक्रवार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । कार्की नेतृत्वको सरकारले आउँदो फागुनमा प्रतिनिधि सभाको चुनाव गराउने कार्यादेश पाएको छ । संसद् विघटन भइरहेको छ । तर संसद् विघटनलाई लिएर विभिन्न राजनीतिक दलहरुले असन्तुष्टि समेत जनाएका छन् ।

सम्बन्धित खबर