
काठमाडौं । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले राति अबेर शपथ लिएकी छन् ।
शीतल निवासमा आयोजिक एक समारोहबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा ‘मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट इच्छा अनुसार दल र सरोकारहरूको परामर्शसमेतका आधारमा नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहीन संवैधानिक अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिवन्धात्मक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको’ उल्लेख छ ।