
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको छ।
जेन जेटको नामबाट हिजो सोमबारदेखि सुरु भएको प्रदर्शन अनियन्त्रित हुँदै तोडफोड आग्जनीजस्ता घटनाहरू भइरहेको र सोही क्रममा दुई दर्जन हाराहारी प्रदर्शनकारीको निधन भइसकेको घटनालाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पदबाट राजीनामा दिनुभएको हो।
उहाँको राजीनामाका लागि चौतर्फी दबाब थियो। २०८१ असार ३१ गते नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले आज साँझ सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो। तर उक्त बैठक अगावै राजीनामाको घोषणा गरेको जनाइएको छ।