२०८२ भदौ २३, सोमवार , ०७:३५:०२ बजे

Sajhamanch
'

इटहरीमा प्रहरीद्वारा हवाई फायर, कर्फ्यु आदेश जारी गर्ने तयारी

सोमवार, भदौ २३, २०८२

विराटनगर । सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको हो ।

इटहरी उपमहानगरपालिकाभित्र रहेका प्रदर्शनकारीलाई लक्षित गरी हवाई फायर गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इटहरी चोकको प्रदर्शन अनियन्त्रित बनेपछि हवाई फायर र लाठी चार्ज भएको हो ।

उनका अनुसार अवस्था नियन्त्रणका लागि स्थानीय प्रशासनले इटहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गर्ने तयारी गरेको छ ।

सम्बन्धित खबर