
झापा । जेनजी समूहले बिर्तामोड नगरपालिका तोडफोड गरेका छन् । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरी नगरपालिकाका तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।
। सोही क्रममा आज दिउँसो ३ः१५ देखि बिर्तामोड नगरपालिका कार्यालय अगाडि भेला भएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले आन्दोलनकारीहरूलाई तितरबितर बनाउने प्रयास गरिरहेको छ भने आन्दोलनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरिरहेका छन् । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरी नगरपालिकाको धेरै सीसा फुटेको जनाइएको छ ।