
झापा । चट्याङका कारण इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ८ लाख बढीको क्षति भएको छ । हिजो बिहान ८ः३० बजे इप्रका काँकडभिट्टाको नयाँ भवनको पूर्वपट्टि रहेको कार्य शाखाको बाहिरी भागमा पानीसँगै चट्याङ परेको थियो । चट्याङबाट विभिन्न विद्युतीय उपकरणहरूमा गरी अन्दाजी ८ लाख २२ हजार २५० रुपैयाँ बराबरको क्षति भएको छ ।
चट्याङबाट इन्ट्रानेट (स्वीच) बक्स १ थान, कम्प्युटर मोनिटर २ थान, सीपीयु ४ थान, सिलिङ फ्यान ३० थान, प्रिन्टर ५ थान, ल्यापटप १ थान, बेस सेट १ थान, बेस सेटको पावर सप्लाई १ थान, सीसीटीभी ३९ थान, सीसीटीभी ४ थान, डीभीआर, एनभीआर ५ थान, बत्ती १५ थान, पावर सकेट ५ थान, डीपी एमसीबी १० थान, होल्डर १५ थान, बोर्ड स्वीच १५ थान, सिलिङ फ्यान १० थान,इन्भर्टर १ थान, एमसीबी १० थान, तार १०० मिटर, राउटर ५ थानमा क्षति पुगेको जनाइएको छ ।