
काठमाडौं । देशभरि दर्ता भएका सवारीसाधन संख्या ५८ लाख ५० हजारभन्दा माथि पुगेको छ ।
यातायात व्यवस्था विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म उक्त संख्या सवारीसाधन दर्ता भएको देखिएको छ । देशभरि दर्ता भएका सवारीसाधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् ।
२०८१/८२ सम्म ४७ लाख ४४ हजार ७२ मोटरसाइकल दर्ता भएका छन् । अहिले देशभरि ३ लाख ६६ हजार ७२३ काररजिपरट्याक्सी रहेको विभागको तथ्यांक छ ।
नेपालमा प्रजातन्त्र आएको वर्ष अर्थात् आव २०४६/४७ मा नेपालमा ७६ हजार ३ ७८ सवारीसाधन थिए । त्यसयता साढे ३ दशकमा सवारीसाधन संख्या उल्लेख्य वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ ।
विभागको तथ्यांक अनुसार नेपालमा ७१ हजार ५७७ बस गुड्ने गरेको पाइएको छ । मिनिबसरट्रक संख्या ४१ हजार ९८६ छ । क्रेन, डोजर, एक्जाभेटर, लोडर, रोलर संख्या भने १ लाख २९ हजार ११९ देखिन्छ । पिकअप गाडी संख्या ९१ हजार ४८३ छ ।
त्यस्तै माइक्रोबस १२ हजार ५७५, टेम्पो १ लाख ११ हजार ३५२ र ट्याक्टर १ लाख ९० हजार ६४ रहेको तथ्यांक छ । दर्ता भएका ई–रिक्सा ७३ हजार ६०६ र अन्य १७ हजार ८७५ गरी देशभरि कुल ५८ लाख ५० हजार ४३२ सवारीसाधन दर्ता भएको देखिएको छ ।
गत आव २०८१/८२ मा मात्र २ लाख ४२ हजार ४४१ सवारीसाधन दर्ता भएका थिए । त्यसबेला २ हजार ५८८ बस दर्ता भएका थिए । त्यस्तै १५ हजार ९९ कार थपिएका छन् । मोटरसाइकल भने १ लाख ९६ हजार २११ वटा थप भएका छन् ।