२०८२ भदौ २२, आइतवार , ११:०८:५४ बजे

Sajhamanch
'

सुनचाँदीको भाउमा नयाँ रेकर्ड स् सुन तोलाको २ लाख १२ हजार रुपैयाँ पुग्यो

आइतवार, भदौ २२, २०८२

काठमाडौं । सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड बनेको छ । सुन आज तोलामा एक हजार ६०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको दुई लाख १२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।

पछिल्लो हप्ता सुनले लगातार कीर्तिमान बनाएको छ । अस्ति शुक्रवार एकैदिन तोलामा दुई हजार ५०० रुपैयाँ बढेर सुन तोलाको दुई लाख १० हजार ४०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको दुई हजार पाँच सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदीको भाउ शुक्रवार तोलाको दुई हजार ४९० रुपैयाँ थियो ।

सम्बन्धित खबर