२०८२ भदौ २०, शुक्रवार , ११:२२:२४ बजे

Sajhamanch
'

आज मोहम्मद जयन्ती, झापाका पाँच पालिकामा स्थानीय बिदा

शुक्रवार, भदौ २०, २०८२

झापा । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १५००औं जन्मोत्सव मनाइँदैछ । सोही अवसरमा झापाका पाँच वटा पालिकाले आज स्थानीय बिदा दिएका छन् ।

भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले आज स्थानीय बिदा दिएका हुन् । मुस्लिम समुदायको बसोबास रहेको ती पालिकाहरूमा बर्सेनि स्थानीय बिदा दिने गरिएको छ ।

पाँच वटा पालिकाहरूले हिजो सूचना जारी गर्दै धार्मिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्ने उद्देश्यले शुक्रबार कार्यालय तथा विद्यालयहरू बन्द रहने जनाएका छन् । मुस्लिम समुदायका श्रद्धालुहरूले आज विशेष प्रार्थना, धर्मोपदेश र सामुदायिक कार्यक्रमहरू आआफ्नो पालिकामा मनाइरहेका छन् ।

सम्बन्धित खबर