२०८२ भदौ २०, शुक्रवार , ११:२२:५३ बजे

Sajhamanch
'

मनाङमा पनि कात्तिक १७ मा उपचुनाव

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । हिमाली जिल्ला मनाङमा पनि आउँदो कात्तिक १७ गते प्रदेशसभा अन्तर्गत उपचुनाव हुने भएको छ । निर्वाचन आयोगको हिजो बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपचुनावको कार्यतालिका सहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो ।

कार्यातालिका अनुसार गएको १३ गतेदेखि चुनाव अवधि शुरू भएको निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिनुभयो । २०७९ साल मङ्सिर चार गते भएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (२) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएका राजीव गुरुङ ९दीपक मनाङे० अयोग्य ठरिएपछि उपचुनाव हुने भएको हो ।

यसैबीच मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले आउँदो उपचुनावको सुरक्षा तयारी एवम् शान्ति सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । उहाँले मातहतका कार्यालय निरीक्षणका क्रममा त्यस्तो निर्देशन दिनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय र चामेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हेडक्र्वाटरको निरीक्षणका क्रममा आसन्न चुनाव सफलतापूर्वक सम्पन्न गर्न सबै निकाय लाग्नुपर्नेमा जोड दिनुभयो ।

कात्तिक १७ गते नै रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा पनि उपचुनाव हुने तय भइसकेको छ । त्यहाँ राप्रपाका सांसद दीपक बोहोराको निधनका कारण उपचुनाव हुन लागेको हो ।

सम्बन्धित खबर