२०८२ भदौ २०, शुक्रवार , ११:२६:१७ बजे

Sajhamanch
'

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । आज अन्तर्राष्ट्रिय परोपकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वका विभिन्न देशमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गर्नुभएकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ यो दिवस मनाइँदै छ ।

सन् २०१२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन शुरू गरिएको हो । असमानता, गरिबी र विविध ढङ्गका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।

पारदर्शी ढङ्गले निर्धनलाई सहयोग, युवा नेतृत्व विकास, विभेदरहित जिम्मेवारपूर्ण दानलगायत परोपकारी गतिविधि सञ्चालन तथा जलवायु एवम् गरिबीका कारण गाँस, बास र कपासको व्यवस्था नभएकाहरूलाई उदार मनले मद्दत गर्न उक्त विश्व संस्थाले जोड दिएको छ ।

सम्बन्धित खबर