२०८२ भदौ १९, बिहिवार , ०४:४९:१८ बजे

Sajhamanch
'

शेयर बजार लगातार तेस्रो दिन घट्यो

बिहिवार, भदौ १९, २०८२

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५५ अङ्कले घटेर २ हजार ७१९ दशमलव ७७ विन्दुमा झरेको छ । नेप्से हिजो १५ र अस्ति १९ अङ्कले घटेको थियो ।

आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज १६५ वटा कम्पनीको शेयर घटेकोमा ८५ वटाको बढेको छ भने एउटाको घटबढ भएन ।

आज बाराही हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ३ दशमलव ८३ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन हिम स्टार ऊर्जा कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ७२ करोडको कारोबार भएकोमा ३१७ वटा कम्पनीका १ करोड २७ लाख कित्ता शेयर ५ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर