
चितवन । नागढुङ्गा–मुग्लिन सडक आयोजनाले चाडपर्व लक्षित मर्मत शुरू गरेको छ । दशैँका बेला यात्रु र गाडीको चाप बढी हुने भएकोले यात्रालाई सहज बनाउन मर्मत शुरू गरेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले जानकारी दिनुभयो ।
अहिले कालोपत्रबाहेक खाल्डाखुल्डी पुर्ने र सम्याउने काम भइरहेको छ । खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिमसहित यात्रा ढिला हुने र जाम हुने सम्भावना रहन्छ । सडक स्तरोन्नति अनुसार कालोपत्र गर्ने काम बाँकी छ ।
अहिले वर्षाको बेला कालोपत्र गर्न नमिल्ने भएकोले सडक छेउमा स्टिल राख्ने लगायतका काम भइरहेको छ । पश्चिम खण्डमा पर्ने ६ मध्ये ४ वटा पुलको काम अन्तिम चरणमा पुर्याइएको नेपालले जानकारी दिनुभयो ।
अहिले नियमित कामबोहक चाडपर्व लक्षित मर्मतको काम पनि भइरहेको हो । खाल्डाखुल्डी पुर्नुका साथै पहिरो झरेमा तत्कालै पन्छाउने गरी जनशक्ति र मेशिन तयारी अवस्थामा रहने भएकोले दशैँको यात्रा सहज हुने विश्वास रहेको प्रमुख नेपालले बताउनुभयो ।