२०८२ भदौ १८, बुधवार , ०४:३८:०३ बजे

Sajhamanch
'

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, कारोबार रकममा सामान्य सुधार

बुधवार, भदौ १८, २०८२

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६४ अङ्कले घटेर २ हजार ७२६ दशमलव ३३ विन्दुमा झरेको छ । हिजो नेप्से १९ अङ्कले घटेको थियो ।

आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज २१३ वटा कम्पनीको शेयर घटेकोमा ३९ वटाको बढेको छ ।

आज लिबर्टी इनर्जी कम्पनीको शेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन हिम स्टार ऊर्जा कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकममा सामान्य सुधार भएको छ । हिजो ४ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३२६ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ४ अर्ब ७२ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर