
काठमाडौं । नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको टोली आज काठमाण्डौ आउँदैछ । बङ्कलादेशी टोली दिउँसो ३ बजे नेपाल आइपुग्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । यी दुई टोलीले यही भदौ २१ र २४ गते त्रिपुरेश्वरको दशरथ रङ्गशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछन् ।
नेपालले यो मैत्रीपूर्ण खेलका लागि आफ्नो २३ सदस्सीय टोली घोषणा गरिसकेको छ । बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि तयारी पूरा भएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) ले जनाएको छ ।
यस्तै एन्फाले मैत्रीपूर्ण फुटबलका लागि टिकट मूल्यका बारेमा पनि जानकारी गराएको छ । टिकट मूल्य सामान्य पारापिटतर्फ पाँच सय र भीआईपी पारापिटतर्फ एक हजार रुपैयाँ एन्फाले निर्धारण गरेको छ ।