
काठमाडौं । सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको १३ गते शुक्रबार दुई लाख नाघेको सुनको भाउ त्यसयता लगातार बढेको हो । हिजो सुनको भाउ तोलाको दुई लाख पाँच हजार ९०० रुपैयाँ थियो भने अस्ति तोलाको दुई लाख पाँच हजार ३०० रुपैयाँ थियो ।
चाँदीको भाउ भने आज घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई हजार ४८५ रुपैयाँ पुगेको थियो ।