
झापा । नेपाली लेखक संघ झापाले आमन्त्रित सदस्यका रुपमा पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारीसहित चार जनालाई मनोनयन गरेको छ ।
नेपाली लेखक संघका अध्यक्ष दयानन्द गोश्वामीको अध्यक्षतामा बसेको बैठकले पत्रकारहरु भण्डारी, राजेन्द्र गौतम र जीआर धितालसहित नारायणबहादुर बस्नेतलाई आमन्त्रित सदस्यको रुपमा मनोनयन गरिएको हो ।
नेपाली लेखक संघ झापाका सचिव समिरवावु कट्टेलले दिएको जानकारी अनुसार सो बैठकले कार्यसमिति सदस्यमा कनकाई नगरपालिका ९ घैलाडुब्बा निवासी श्यामप्रसाद राजवंशीलाई पनि मनोनित गरेको छ ।
नेपाली लेखक संघ झापाले यही भदौ २१ गते शनिबार गौरादह नगरपालिकाको सभाहलमा माध्यमिक विद्यालय स्तरीय कविता बाचन गर्ने प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।
गौरादह नगरपालिकाको सहयोगमा कार्यक्रम आयोजना गरिएको र कार्यक्रम संयोजकका रुपमा पत्रकार वेणुप्रसाद अधिकारीलाई तोकिएको छ ।
गौरादहमा आयोजित कार्यक्रमका लागि साहित्यकार केशव आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ ।