
काठमाडौं । पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १९० जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्लो पटक चार जनामा हैजा पुष्टि भएको छ । कुल १९० जना हैजा सङ्क्रमितमध्ये आजसम्म १७४ जना निको भएका छन् ।
वीरगञ्ज र पोखरियामा हैजाको सङ्क्रमण छ । हैजा र झाडापखाला देखिएको वीरगञ्जमा समग्रमा ९२० जना बिरामीमध्ये ८०० जनाभन्दा धेरै उपचारपछि घर फर्किएका छन् ।
हैजाका नयाँ बिरामी देखिने क्रम अझै रोकिएको छैन । प्रभावित क्षेत्रमा सङ्क्रमण थप फैलिन नदिन जनचेतना र सरसफाइका काम भइरहेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।