२०८२ भदौ १८, बुधवार , ०१:५५:२४ बजे

Sajhamanch
'

इलामको चुलाचुलीमा आगलागी : तीन लाखभन्दा बढीको क्षति

मङ्गलवार, भदौ १७, २०८२

इलाम । इलामको चुलाचुलीमा गएराति चन्द्रबहादुर विष्टको घरमा आगलागी हुँदा तीन लाखभन्दा बढीको क्षति भएको छ ।

राति करिब १० बजे चुलाचुली गाउँपालिका– ६ तोरीवारीका विष्टको टिनको छानो र टिनको बेरा भएको एकतले घरमा आगलागी भएको हो ।

आगलागीबाट घर र घरभित्र भएका भाँडावर्तन, अन्नपात पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी तीन लाख २५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी पेल्टिमारीका प्रहरी वरिष्ठ नायब निरीक्षक नारायणप्रसाद कुँवरका अनुसार प्रहरी, दमक नगरपालिकाको बारुणयन्त्र र स्थानीयको सहयोगमा राति ११ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो । घर जलेपछि विष्ट परिवार विस्थापित भएको स्थानीयले जनाएका छन् ।

सम्बन्धित खबर