२०८२ भदौ २०, शुक्रवार , १२:३७:०३ बजे

Sajhamanch
'

एक महिनामा साढे ८८ हजार भन्दा धेरै पर्यटक नेपाल आए

मङ्गलवार, भदौ १७, २०८२

काठमाडौं । गएको एक महिनामा ८८ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट महिना अर्थात असार १५ देखि साउन १५ सम्म ८८ हजार ६८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । यो गएको वर्षको यही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो ।

सबैभन्दा बढी ४० प्रतिशत भारतीय पर्यटक नेपाल भित्रिएका छन् । यो अवधिमा भारतबाट ३५ हजार, चीनबाट सात हजार ५३३, अमेरिकाबाट छ हजार ६८, श्रीलङ्काबाट पाँच हजार ९५६ र बङ्गलादेशबाट चार हजार २६२ पर्यटक भित्रिएका हुन् । गएको पुसदेखि अहिलेसम्म झन्डै सात लाख ३६ हजार पाँच सय ६२ पर्यटक भित्रिएको बोर्डले जनाएको छ ।

यसैबीच हिमाल आरोहण गर्न नयाँ शुल्क लागू भएको छ । पर्यटन विभागका अनुसार आउँदो आरोहणयामका लागि आरोहीले विभिन्न उचाइका हिमाल आरोहण अनुमति लिन नयाँ कायम गरिएको शुल्क बुझाउनुपर्ने छ ।

हिजोदेखि लागू भएको नयाँ शुल्क अनुसार विदेशी पर्यटकले अब वसन्तयाममा सगरमाथाको नियमित मार्ग दक्षिणपूर्वबाट आरोहण गर्न १५ हजार डलर बुझाउनुपर्ने छ ।

त्यस्तै शरद ऋतुमा आरोहण गर्न सात हजार ५०० डलर र शिशिर तथा वर्षा ऋतुमा तीन हजार सात ५० डलर बुझाउनुपर्ने छ । अहिले शरद ऋतुमा पाँच हजार ५०० डलर र शिशिर तथा वर्षा ऋतुमा दुई हजार ५०० डलर लिने गरिएको थियो ।

सगरमाथाबाहेकका आठ हजार मिटरभन्दा माथिका अरू हिमालमा विदेशीका लागि वसन्तकालीन तीन हजार, शरदकालीन एक हजार ५०० र अन्य याममा ७५० डलर शुल्क निर्धारण गरिएको छ ।

सम्बन्धित खबर