२०८२ भदौ २५, बुधवार , ०३:१६:३९ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै, चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्ने

मङ्गलवार, भदौ १७, २०८२

काठमाडौं । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै हुनुुहुन्छ ।

बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्ने कार्यक्रम छ । साथै त्यहाँ उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ । चीनका राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री ओलीको सियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ ।

भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल भोलि चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने विजयोत्सव समारोहमा सहभागी हुनेछ । प्रधानमन्त्रीसहितको नेपाली टोली भोलि नै स्वदेश फर्कनेछ ।

सम्बन्धित खबर