
काठमाडौं । सरकारले बढाएको हिमाल आरोहण रोयल्टी आजदेखि लागू भएको छ । गएको मङ्सिरमा स्वीकृत भएको पर्वतारोहणसम्बन्धी नियमावली २०८१ को छैटौं संशोधनमा शुल्कको नयाँ व्यवस्था छ । यो व्यवस्था आजदेखि लागू भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो ।
अब वसन्त ऋतुमा सगरमाथा आरोहणमा जाने विदेशी आरोहीले १५ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यसअघि सगरमाथा चढ्न विदेशी आरोहीले ११ हजार डलर रोयल्टी तिर्दै आएका थिए ।
नयाँ शुल्क अनुसार सगरमाथा बाहेक ८ हजारभन्दा धेरै उचाइका अन्य हिमाल आरोहण गर्न वसन्त ऋतुमा ३ हजार डलर तोकिएको छ । यस्तै शरद् ऋतुमा १ हजार ५०० डलर र शिशिर तथा वर्षा ऋतुमा ७५० डलर तोकिएको छ ।