२०८२ भदौ १६, सोमवार , ०१:२३:५३ बजे

Sajhamanch
'

आज अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदै

सोमवार, भदौ १६, २०८२

काठमाडौं । देशभर आजदेखि सप्ताहव्यापी रुपमा १७औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

नेपाल पन्क्षी संरक्षण सङ्घ (विसिएन) को अगुवाइमा विभिन्न संरक्षण साझेदार सङ्घसंस्थाको सहकार्यमा भदौ १६ गतेदेखि २२ गतेसम्म (सेप्टेम्बर १ देखि ७ तारिख) यस दिवसलाई सप्ताहव्यापी रूपमा मनाइँदै छ ।

विसिएनका चरा विज्ञ हिरुलाल डगौराका अनुसार यसवर्ष सुदूरपश्चिम प्रदेशमा कैलालीको घोडाघोडी सामुदायिक वन समन्वय समिति, धनगढीको वन विज्ञान अध्ययन संस्थान, कञ्चनपुर पन्छी संरक्षण सङ्घ बेलौरी र शुक्लाफाँटा नेचरगाइड एशोसिएशनको सहकार्यमा विभिन्न संरक्षण शिक्षासम्बन्धी कार्यक्रम आयोजना गर्न लागिएको छ ।

सुदूरपश्चिममा अहिले नौ प्रजातिका गिद्ध पाइन्छन् भने कञ्चनपुरमा आठ प्रजातिका गिद्ध रहेका छन । गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ । मरेका तथा सडेगलेका जनावरको सिनो खाने गिद्धले वातावरण सफा राख्नुका साथै हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग, एन्थ्राक्स, क्षयरोग जस्ता महामारी फैलन नदिन महत्तपूर्ण भूमिका खेल्ने भएकाले कुचीकार भनिएको चरा विज्ञ चौधरी बताउनुहुन्छ ।

सम्बन्धित खबर