२०८२ भदौ १६, सोमवार , १०:४४:५५ बजे

Sajhamanch
'

एएफसी महिला च्याम्पियन्स लिग छनोटमा अल नासरसँग एपीएफको फराकिलो अन्तरको हार

सोमवार, भदौ १६, २०८२

काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब आफ्नो तेश्रो तथा अन्तिम खेलमा हिजो साउदी अरेबियाको अल नासरसँग पराजित भएको छ । उज्वेकिस्तानको क्वार्सीमा हिजो भएको खेलमा अल नासरले एपीएफलाई ६–१ गोलले हराएको हो ।

यो नतिजासँगै अल–नासार समूह ‘बी’ मा तीन अङ्कसहित तेस्रो स्थानमा रह्यो भने एपीएफ अङ्कविहीन रहँदै चौथो स्थानमा सीमित भयो । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका थिए ।

पहिलो खेलमा एपीएफ उज्वेकिस्तानको पीएफसी नासाफसँग र दोश्रो खेलमा कलेज अफ थाइ क्लब एशियन स्कलरसँग पराजित भएको थियो । प्रतियोगितामा १९ वटा टोलीलाई पाँच वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने टोली अघिल्लो चरणमा पुग्नेछन् ।

सम्बन्धित खबर