
काठमाडौं । बिपी राजमार्गमा यो महिनाभरी रातिको सयममा गाडी चलाउन रोक लगाईएको छ । जिल्ला सुरक्षा समिति काभ्रेको हिजोको बैठकले थप १५ दिन गाडी चलाउन रोक लगाएको हो ।
यसअघि गएको असार ७ गतेदेखि राति गाडी चलाउन रोक लगाइँदै आएकोमा भदौ मसान्तसम्म राति १२ घण्टा गाडी चलाउन रोक लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो । बिपी राजमार्गमा हरेक दिन बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी गाडी सञ्चालनमा रोक लगाइने छ ।
राजमार्ग अन्तर्गत काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपाल थोकसम्म थप १५ दिन राति गाडी चलाउन रोक लगाउने निर्णय भएको हो ।