२०८२ भदौ १८, बुधवार , ११:०१:४२ बजे

Sajhamanch
'

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले भूटानसँग बराबरी खेल्यो

सोमवार, भदौ १६, २०८२

काठमाडौं । साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले हिजो घरेलु टोली भूटानसँग बराबरी खेलेको छ । भूटानको थिम्पुमा भएको खेलमा घरेलु टोलीसँग नेपालले १–१ गोलको बराबरी खेलेको हो ।

नेपालकी बबिता कार्की र भूटानबाट सोनम योङ्जेनले गोल गरिन् । भारतले एक खेल अगावै उपाधि जितेको थियो । नेपाल र भूटानबीचको यो खेल औपचारिकताका लागि मात्र भएको थियो । प्रतियोगितामा शीर्ष स्थानमा रहेर भारतले उपाधि जितेको हो ।

बङ्गलादेश दोश्रो, नेपाल तेश्रो र भूटान अङ्क तालिकामा पुछारमा रहँदै साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप सकिएको छ । भारतले यसअघि सन् २०१८ र २०१९ मा पनि साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।