२०८२ भदौ १६, सोमवार , ०१:२३:४२ बजे

Sajhamanch
'

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

आइतवार, भदौ १५, २०८२

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा (एमाले)बाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी पुन लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

उहाँको काठमाडौंमा रहेको शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारकाक्रममा हिजो निधन भएको एमाले पोलिटब्यूरो सदस्य खेममान खड्काले जानकारी दिनुभयो । उपचारकाक्रममा दुई वटा अप्रेसन गरिएको थियो ।

तीन हप्ताअघि उहाँको मुटुको भल्बको शल्यक्रिया गरी कृत्रिम भल्ब राखिएको थियो । लगत्तै शल्यक्रिया गरी शिशु निकालिएको थियो । शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ । पुन लुम्बिनी प्रदेशसभाको अर्थ, पर्यटन तथा विकास समितिकी सदस्य समेत हुनुहुन्थ्यो ।