२०८२ भदौ १२, बिहिवार , ०५:५६:१३ बजे

Sajhamanch
'

शेयर बजार फेरि २८०० विन्दुमुनि झर्‍यो, ८ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । हिजो उच्च अङ्कले बढेर २ हजार ८०० विन्दुमाथि पुगेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव १० अङ्कले घटेर २ हजार ७८१ विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर सबैभन्दा धेरै २ दशमलव ३८ प्रतिशतले ओरालो लागेको छ ।

आज ओरिन्टल होटल्स कम्पनीको शेयर ४ दशमलव ७१ प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन विकाश हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ३२२ वटा कम्पनीका १ करोड ७८ लाख कित्ता शेयर ८ अर्ब ९ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर