२०८२ भदौ १२, बिहिवार , ०४:००:४८ बजे

Sajhamanch
'

साउथ अस्ट्रेलियासँग २ वटै अभ्यास खेलमा हार्‍यो नेपाल

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँग २ वटै टी–२० अभ्यास खेलमा हार बेहोरेको छ ।

आजको दोस्रो खेलमा साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो । नेपालका रूपेश सिंहले ३९, लोकेश बलमे ३२ रन बनाए । साउथ अस्ट्रेलियाका टम मेन्जिसले ४ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो । साउथ अस्ट्रेलियाका रायन किङले सबैभन्दा धेरै ३९ रन बनाए । नेपालका रूपेश सिंह, करण केसी र शाहब आलमले २र२ विकेट लिए ।

यसअघि आजै भएको पहिलो खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ विकेटले पराजित भएको थियो । यस्तै हिजो भएको दुवै अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको थियो ।

यसअघि नेपालले अस्ट्रेलियामै टप इन्ड टी–ट्वान्टी शृङ्खला खेलेको थियो । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपाली टोलीले अस्ट्रेलिया भ्रमण गरेको हो ।

सम्बन्धित खबर