२०८२ भदौ १२, बिहिवार , ०१:४२:५३ बजे

Sajhamanch
'

केही ठाउँमा बाढीको मध्यम जोखिम

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । आज देशका केही ठाउँका नदी खोलाहरुमा बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोटमा बाढीको मध्यम जोखिम छ ।

अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भइ बहने स–साना नदीमा पनि बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।

इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, गोरखा, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, दाङ, सल्यान, सुर्खेत, बाँके, जुम्ला, कालीकोट, डोल्पा, मुगु, हुम्ला र आसपासका नदी खोलाहरुमा पनि बाढीको जोखिम छ ।

पछिल्लो १२ घण्टामा कैलाली, लमजुङ, काठमाडौं, झापा, ताप्लेजुङ, भोजपुर, धादिङ, स्याङ्जा, गोरखा, काभ्रेपलाञ्चोक, पाल्पा, दाङ, जाजरकोट लगायतका ठाउँमा धेरै पानी परेको छ । अहिले भने पानी पर्ने क्रम केही रोकिएको छ ।

दिउँसो लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एक.दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहडी भूभागका साथै लुम्बिनी र कोशीको तराई भूभागका एक.दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर