
झापा । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले बिहिवार झापाको दमकमा निर्मित सडक आयोजना कार्यालयको उद्घाटन गर्नु भएको छ ।
मन्त्री दहालले काँकडभिट्टा-लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नु भएको हो ।
त्यसक्रममा मन्त्री दहालले निर्धारित समय भित्रनै सडक बिस्तारको काम सक्न निर्देशन दिनु भयो । योजना कार्यालयका प्रमुख सुनिलबाबू पन्तका अनुसार आयोजना सम्पन्न भए पछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुने छ ।
कार्यक्रममा सडक बिभागका महा निदेशक डा विजय जैशी, ए डी बि परियोजना प्रमुख चुडाराज ढकाल लगायत बिभागका अधिकारीहरुको सहभागीता रहेको थियो । ८ करोड ७ लाख रुपैयाको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो ।