२०८२ भदौ १२, बिहिवार , १०:३२:४५ बजे

Sajhamanch
'

आज ऋषि पञ्चमी पर्व मनाइँदै

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । आज ऋषि पञ्चमी पर्व, सप्त ऋषिको पूजाआराधना गरी मनाइँदैछ । महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ‘ऋषि पञ्चमी’ भन्ने गरिएको हो ।

आज काठमाण्डौको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ ।

बिहिवार, भदौ १२, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर