२०८२ भदौ ११, बुधवार , ०५:४०:४७ बजे

Sajhamanch
'

संविधान दिवस भव्य रूपमा मनाउन मुख्यमन्त्री कार्कीको आग्रह

बुधवार, भदौ ११, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवस दिवसलाई भव्य रुपमा सम्पन्न गर्न तयारी बैठक गरेको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले तयारी भव्य रुपमा गर्ने निर्णय गरेको हो।

सरकारका सबै मन्त्रीहरु, सचिवहरू, सामाजिक क्षेत्रका संघसंस्थाहरूको उपस्थितिमा भएको बैठकले ५०१ सदस्य मूल समारोह समिति गठन गरेको छ। त्यस्तै बैठकले आगामी असोज ३ गतेको संविधान दिवसलाई भव्य रुपमा मनाउने र तीन दिनसम्म विविध कार्यक्रमहरू गर्ने निर्णय गरेको छ।

वक्तित्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभात फेरि, झाँकी प्रदर्शनी, जिल्ला जिल्लामा ,प्रदेश सरकारका सेवाहरू देखिने गरी कार्यक्रमहरू गर्ने निर्णय गरिएको छ।

बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशभित्रका सबै संघ-संस्थालाई संविधान दिवस भव्य रुपमा मनाउन आग्रह गर्नुभयो। मुख्यमन्त्री कार्कीले प्रदेशका मौलिकताहरू झल्किने झाँकी र जातजातिका विशेषता झल्किने प्रदर्शनीहरू गर्न पनि निर्देशन दिनुभयो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कोशी प्रदेशमा संविधान दिवस मनाउने तयारी गरिएको हो।