
काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ०१ अङ्कले बढेर २ हजार ८१९ दशमलव १० विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहको शेयर ३ दशमलव ४० प्रतिशत तथा उत्पादन र व्यापार समूहको शेयर साढे २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज विकाश हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन कुमारी बैंकको डिबेन्चर २०८६ भने सबैभन्दा धेरै ५ दशमलव ७९ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब १८ करोडको कारोबार भएकोमा आज ३२१ वटा कम्पनीका १ करोड ४९ लाख कित्ता शेयर ७ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ ।