२०८२ भदौ ११, बुधवार , १२:४०:३३ बजे

Sajhamanch
'

दोलखाको रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा २ जनाको ज्यान गयो

बुधवार, भदौ ११, २०८२

काठमाडौं । लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका–६ रमितेडाँडामा गएराति दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय सुजन भनिने श्यामबहादुर खत्री र भिमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिस बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी डीएसपी श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो ।

बा. ५३ प. ८८९९ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । शिरिस गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियू सभापति हुनुहुन्थ्यो । श्यामले जिल्ला सदरमुकाम चरिकोटको एक होटलमा काम गर्दै आउनुभएको डीएसपी अधिकारीले बताउनुभयो ।

सम्बन्धित खबर