२०८२ भदौ १०, मङ्गलवार , ०४:३५:५३ बजे

Sajhamanch
'

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपाने निर्विरोध

मङ्गलवार, भदौ १०, २०८२

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी दर्ता भएको छ ।

संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएको केही समयमा नै न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको प्रस्ताव र नेकपा (एमाले)का सांसद कृष्ण गोपाल श्रेष्ठको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् । प्रतिनिधि सभाका सचिव हर्कराज राईले आज अपरान्ह ४ बजे प्रकाशन गरेको उम्मेदवारहरुको मनोनयन दर्ता विवरणमा न्यौपानेको मात्र नाम उल्लेख छ ।

भोलि बुधबार दिउँसो ३ बजे समितिको बैठकमै निर्वाचन हुने कार्यतालिका तय भए पनि एकल उम्मेदवारी परेकाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएको मात्र घोषणा हुनेछ ।

सम्बन्धित खबर