२०८२ भदौ ९, सोमवार , ०१:४९:३८ बजे

Sajhamanch
'

सेनिटरी प्याड उत्पादन र प्रवर्धनका लागि केर्खामा सरोकारवालासँग अन्तरक्रिया

सोमवार, भदौ ९, २०८२

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ मा रहेको उद्यमशील महिला जागरण केन्द्रले पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याड उत्पादन र प्रवर्धनका लागि एडभान्स तालिमको उद्घाटन गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रले टेवाको अनुदान सहयोगमा पुनः प्रयोग योग्य सेनिटरी प्याडको उत्पादन र प्रवर्धनका लागि विद्यालयका शिक्षक, संघ संस्थाका प्रतिनिधिहरुका साथै सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गर्नुका साथै एडभान्स तालिमको उद्घाट गरेको हो ।

तालिमको उद्घाटन गर्दै कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले विद्यालयमा प्रयोग हुँदै आएको सेनिटरी प्याड खर्चिलो र डिस्पोज गर्नसमेत समस्या हुँदै आएको बताउनु भयो । केन्द्रले उत्पादन गरेको प्याड कम मूल्यमा पाइने, पुनः प्रयोग गर्न मिल्ने र सहजै डिस्पोज गर्न सकिने वातावरण मैत्रीसमेत रहेको उहाँको भनाई छ ।

अर्का वक्ता कमल ३ का वडाध्यक्ष अग्निप्रसाद कोइरालाले महिलाहरुले प्रयोग गर्ने सेनिटरी प्याड समान्य जस्तो भए पनि यो अन्यन्तै संवेदनशिल वस्तु भएकोले यसमा प्रयोग गरिने सामग्री गुणस्तरी हुन आवश्यक रहेको बताउनु भयो । पुनः प्रयोग गर्न सकिने भनिए पनि यसको गुणस्तरमा भरपर्ने भएकोले प्याडको उत्पादन गर्दा प्रयोग गरिने कच्चा पदार्थमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

केन्द्रले कोशी प्रदेशका संखुवासभामा र मधेश प्रदेशको मिथिला नगरपालिकामा पनि पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याड उत्पादन गर्दै आएको उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती बताउनु हुन्छ । छ । यो प्याड त्यहाँका महिलाहरुले राम्रोसँग मन पराउनु भएकोले अहिले आफैं प्याड उत्पादन गरेर स्वारोजगारसमेत बनेका अध्यक्ष उप्रेतीले बताउनु भयो ।

सम्बन्धित खबर