२०८२ भदौ ८, आइतवार , ०५:०७:०३ बजे

Sajhamanch
'

एशिया कपका लागि राशिद खानको कप्तानीमा अफगानिस्तानको टोली घोषणा

आइतवार, भदौ ८, २०८२

काठमाडौं । एशिया कप टी–२० क्रिकेटका लागि अफगानिस्तानको टोली घोषणा भएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा आउँदो महिना हुने प्रतियोगिताका लागि अफगानिस्तानले आज १७ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको कप्तानमा स्टार स्पिनर राशिद खान रहेका छन् ।

एशिया कपका लागि यसअघि साविक विजेता भारत, पाकिस्तान, बङ्गलादेश र हङकङले टोली घोषणा गरिसकेका छन् । अब श्रीलङ्का, ओमान र यूएईले टोली घोषणा गर्न बाँकी छ ।

८ वटा देश सहभागी एशिया कप आउँदो सेप्टेम्बर ९ देखि २८ सम्म हुँदैछ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, ओमान, पाकिस्तान र यूएई छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, हङकङ र श्रीलङ्का छन् ।