
काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैङ्कले आज ५० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैङ्कले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब रुपैयाँ भन्दा धेरै पुगेको छ ।
केन्द्रीय बैङ्कले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैङ्कबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज आउँदो भदौ २९ गते भुक्तानी हुने राष्ट्र बैङ्कले जानकारी दिएको छ ।