२०८२ भदौ ६, शुक्रवार , ०४:१५:०५ बजे

Sajhamanch
'

कोशीमा आमसञ्चार विधेयक खारेजीको मागसहित पत्रकार आन्दोलित

शुक्रवार, भदौ ६, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले सदनमा पेस गरेको संचार विधेयकको विरोधमा पत्रकारले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग घम्साघम्सी भएको छ ।

संसदीय पत्रकारले कोशी प्रदेशसभा परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए । पत्रकार महासंघ कोशी प्रदेशका प्रतिनिधिसहितको टोली परिसरबाहिर प्रदर्शन गरिरहेका थिए । सोहीक्रममा प्रहरीसँग पत्रकारको घम्साघम्सी परेको हो ।

विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर शुक्रबार सभामा पेस भएको छ । विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म दण्डजरिबाना गर्ने प्रावधान राखेपछि पत्रकारले विरोध गरिरहेका छन् ।

नेपाल पत्रकार महासंघ कोशी शाखाका अध्यक्ष भरत खड्काले विधेयकप्रति आफूहरूको असहमति भएको बताउनुभएको छ ।

सम्बन्धित खबर