२०८२ भदौ ६, शुक्रवार , ११:२५:३३ बजे

Sajhamanch
'

मेची भन्सार : एक महिनामै एक अर्ब २६ करोडबढी राजस्व संकलन

शुक्रवार, भदौ ६, २०८२

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा एक अर्ब २६ करोड ५० लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा सात दशमलव ७४ प्रतिशतले बढी हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको साउनमा रु एक अर्ब १७ करोड ४० लाख ९१ हजार राजस्व संकलन भएको थियो ।

‘मेची भन्सारबाट गत आवको साउनको तुलनामा चालु आवको सोही महिनामा आयात चार दशमलव ९० प्रतिशत र निर्यात १४ दशमलव ६८ प्रतिशतले घटेको छ । आयात निर्यातमा कमी आए पनि राजस्व रकम भने आयातबाट ६ दशमलव ८७ प्रतिशत र निर्यातमा ८० दशमलव १४ प्रतिशतले बढेको छ’, उहाँले भन्नुभयो।

काँकरभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ, यातायातका साधन र तिनका पाटपुर्जा, खनिज उत्पादन, जुत्ताचप्पल, सौन्दर्य प्रसाधनलगायत आयात हुने गरेको छ । यहाँबाट चिया, अलैँची, अम्रिसो, अदुवालगायत उत्पादन निर्यात हुने गरेको छ ।

सम्बन्धित खबर