२०८२ भदौ ५, बिहिवार , ०१:०२:०७ बजे

Sajhamanch
'

सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज र भोलि बन्द हुने

बिहिवार, भदौ ५, २०८२

काठमाडौं । सामाजिक सुरक्षा कोषको अनलाईनबाट दिइने सबै सेवाहरु आज र भोलि दुई दिन अवरुद्ध हुने भएको छ । सामाजिक सुरक्षा कोषले विज्ञप्ती निकाल्दै अनलाइन प्रणालीबाट प्रदान हुने सबै सेवाहरू अवरुद्ध जनाएको छ ।

सूचना प्रणालीको परीक्षण गर्न लागेकाले आज दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र भोलि दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन सेवाहरू बन्द रहने कोषले जनाएको छ ।

कोषको सूचना प्रणालीलाई आपत्कालीन अवस्थामा पनि सुरक्षित र सुचारु राख्न गरिने नियमित प्राविधिक परीक्षणका कारण सेवा प्रभावित हुन लागेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

सम्बन्धित खबर