
काठमाडौं । लिभरपुलका फरवार्ड खेलाडी मोहमद सालाहले ‘फ्रोफेसनल फुटबल एसोसिएसन’ (पीएफए) वर्ष खेलाडीको अवार्ड जितेका छन् । इजिप्टका फरवार्ड खेलाडी समेत रहेका सालाहले तेश्रो पटक यो अवार्ड जितेका हुन् । उनी यो उपाधि पाउने पहिलो खेलाडी समेत बनेका छन् ।
पहिलो पटक सन् २०१८ मा पीएफए अवार्ड जितेका सालाहले सन् २०२२ मा दोश्रो पटक जितेका थिए । ३३ वर्षीय सालाहले गएको सिजन प्रिमियर लिगमा २९ गोल गर्दै सबैभन्दा धेरै गोलकर्ताको अवार्ड जितेका थिए ।
यस्तै उनले लिभरपुरलाई लिगको उपाधि जिताउन १८ वटा असिस्ट समेत गरेका थिए । यसैगरी एस्टन भिल्लाका मोर्गन रोजर्सले ‘योङ प्लेअर अफ दी अफर अवार्ड जितेका छन् । फुटबलमा गरेको योगदान र राष्ट्रिय टोलीमा प्राप्त उपलब्धीका लागि इंग्ल्याण्डाका पूर्व प्रशिक्षक सर ग्यारेथ साउथेगटले पीएफए मेरिट अवार्ड पाएका छन् ।