
काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपालले आफ्नो पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य दिएको छ । पार्मस्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।
नेपालका कुशल मल्लले २९, दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४ रन बनाए । मेलबर्न रेनेगेड्सका फर्गस ओुनिल, कलुम स्टो, लाचलान ब्याङ्ग्स र माइकल आर्चरले २र२ विकेट लिए ।
शृङ्खलामा नेपालको यो पाँचौं खेल हो । शुरूका लगातार ३ खेलमा हारेको नेपालले हिजो चौथो खेलमा होबर्ट हरिकेन्सलाई हराएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।
प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा ६ वटा खेल खेल्नेछन् । प्रतियोगिता अन्तर्गत नेपालले पर्सि शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ ।
टप इन्ड टी–२० शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।