२०८२ भदौ ४, बुधवार , ०२:२७:११ बजे

Sajhamanch
'

सरकारले उत्कृष्ट ६ वटा पालिकालाई सम्मान गर्ने

बुधवार, भदौ ४, २०८२

काठमाडौं । सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा पालिकालाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्सि भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन अर्थात् (लिसा) मा उत्कृष्ट नतिजा ल्याएका पालिका तह घोषणा गर्दै सम्मान गर्ने भएको हो ।

मन्त्रालयले तीन नगरपालिका चितवनको खैरहनी, रुपन्देहीको तिलोत्तमा र धादिङको नीलकण्ठ तथा तीन वटा गाउँपालिका स्याङ्जाको अर्जुनचौपारी, धादिङको बेनीघाट रोराङ र गुल्मीको रुरु क्षेत्र गाउँपालिकालाई सम्मान गर्ने भएको हो ।

राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान गर्ने र स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भ गरिने कार्यक्रम तय भएको छ ।

सम्बन्धित खबर