२०८२ भदौ ३, मङ्गलवार , ०५:०४:१६ बजे

Sajhamanch
'

असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न निर्देशन

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न निर्देशन दिइएको छ । विभागले आज सूचना निकालेर गाडी धनीलाई अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेको हो ।

प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सबै गाडी धनीले उच्च सेक्युरिटीको इम्बोस्ड नम्बर प्लेट जडान गर्नु/गराउन भनिएको छ ।

गएको साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले आउँदो असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो ।

मङ्गलवार, भदौ ३, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर