२०८२ भदौ ३, मङ्गलवार , ०२:५५:४६ बजे

Sajhamanch
'

दमकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

मङ्गलवार, भदौ ३, २०८२

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका-७ पशुडाँडामा आज (मंगलबार) बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा मृतक पत्नीको महिलाका पति घाइते भएका छन्।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोपी बोकेको ट्रक प्र १–०२–००२ ख ०९१२ ले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेकी कमल गाउँपालिका-५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक उनका श्रीमान् ४३ वर्षीय सुकदेव गौतम सामान्य घाइते भएका छन्।

ठक्कर दिने ट्रकका चालक तेह्रथुमको लालीगुँरास नगरपालिका-४ का २५ वर्षीय आङदावा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित खबर