
इलाम । खोल्सामा डुबेर इलाममा एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो अन्दाजी २ः३० बजे इलाम सूर्योदय नगरपालिका-७ बस्ने ४० वर्षीय बेलकुमार घले आफ्नो घरभन्दा अन्दाजी ५०० मिटर पूर्वमा रहेको ढिके खोल्सामा खानेपानीको पाइप मर्मत गर्न गएकोमा राति ९ बजेसम्म घर फर्केर नआएपछि उनकी श्रीमती ३० वर्षीया टिकामाया श्रेष्ठ र छिमेकीहरूले खोज्ने क्रममा ढिके खोल्साको डुबेर मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरी चौकी हर्कटेबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली जान लागेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृतक घलेलाई छारे रोगको समस्या रहेको बुझिएको छ ।