२०८२ भदौ ३, मङ्गलवार , १०:१५:१९ बजे

Sajhamanch
'

देशभर ९४ प्रतिशतभन्दा धेरै धान रोपाइँ, उत्पादन घट्ने जोखिम

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । देशभर ९४ दशमलव १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गएको वर्ष यही अवधिमा ९८ दशमलव ४४ प्रतिशतभन्दा धेरै धान रोपाइँ भएको थियो ।

कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ९९ दशमलव ७२ प्रतिशत रोपाइँ भएको छ । वर्षा ढिला भएकाले मधेश प्रदेशमा सबैभन्दा कम ८६ दशमलव ३५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा ९९ दशमलव ३४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८ दशमलव ०७ प्रतिशत, बागमती प्रदेशमा ९७ दशमलव २७ प्रतिशत, गण्डकी प्रदेशमा ९४ दशमलव ८३ प्रतिशत र कोशी प्रदेशमा ९४ दशमलव ४२ प्रतिशत रोपाइँ भएको छ ।

तराईमा कुल उत्पादनको ७० प्रतिशत र पहाडी क्षेत्रमा ३० प्रतिशत धान उत्पादन हुने गरेको छ । तराईमा रोपाइँमा ढिलाइसँगै कम पनि भएकोले यस वर्ष धान उत्पादन घट्न सक्ने महानिर्देशक सञ्जेलले बताउनुभयो ।

मङ्गलवार, भदौ ३, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर